समाचार

प्रदेश लोकसेवा आयोग केन्द्रको जस्तै हुने

५ आषाढ, काठमाडौैँ÷ प्रदेश लोकसेवा आयोग पनि केन्द्रको जस्तै शत्तिशाली बन्ने भएको छ । देश संघीयता गएसँगै लोकसेवा आयोग पनि औपचारिक रुपमा संघीय संरचनामा परिवर्तन हुँदैछ । अब केन्द्र बाहेक सातवटै प्रदेशमा लोकसेवा आयोग कार्यालय रहने र जिल्लामा रहेका अरु कार्यालय पनि नहटाइने भएको छ । प्रदेशको कानून बमोजिम हुनेछ । त्यसको आधार र मापदण्ड भने संघीय संसदले कानुन बनाएर निर्धारण गर्ने छ । अहिले प्रदेश लोकसेवा आयोगको ऐनलाई अन्तिम रुप दिने तयारी भइरहेको छ । लोकसेवा आयोगले ऐनको मस्यौदा तयार पारेर प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।
सो मस्यौदाअनुसार प्रदेश लोकसेवा आयोगका पदाधिकारी (अध्यक्ष र सदस्य)को नियुक्ति मुख्यमन्त्रीको अध्यक्षतामा बन्ने समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्नेछ । सिफारिस समितिमा मुख्यमन्त्री, विपक्षी दलको नेता र सभामुख सदस्य रहने छन् । पदाधिकारीको कार्यकाल ६ वर्षको हुनेछ । हाल केन्द्रमा रहेको लोकसेवा आयोगको पदाधिकारीको कार्यकाल पनि ६ वर्ष हुने व्यवस्था छ । ति पदाधिकारीलाई दुई तिहाइ बहुमतले मात्र हटाउन सक्ने ऐनको मस्यौदामा उल्लेख छ ।

nema
Show More

Related Articles

Back to top button