समाचार

लकडाउनदेखि हालसम्म ६० लाख नेपालीले रोजगारी गुमाए

७ जेठ, काठमाडौैँ
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारुी गरेको लकडाउनदेखि हालसम्म ६० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् । श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी गुमेको उल्लेख गरिएको छ । सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन् । त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन् ।
वन तथा जडिबुटी क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाएको आयोगले जनाएको छ । पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाखको रोजगारी गुमाएका छन् । स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका तथ्यांकमा उल्लेख गरिएको छ ।
यद्यपि यो रोजगारी अस्थायीरूपमा मात्र गुमेको सरकारी आंकलन छ । सामान्य अवस्था आए धेरैजसो पूर्ववत अवस्थामा फर्कने र स्थायीरुपमा नै रोजगारी गुमेकाको हकमा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको समेत बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button