breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाज चितवनको नेत्रित्व डा. कँडेललाई

२३ भाद्र, चितवन÷ वीपी विचार राष्ट्रिय समाज चितवनको जिल्ला अधिवेशनले नयाँ नेत्रित्व चयन गरेको छ । वीपी विचार राष्ट्रिय समाज चितवन शाखाका निवर्तमान सभापति डा.इश्वरीराज लौडारीको सभापतित्वमा शनिवार सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले डा.हरिप्रसाद कँडेललाई नेत्रित्व हस्तान्तरण गरेको हो । साधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको निवर्तमान सभापति लौडारीले जानकारी दिए ।
नयाँ कार्यसमितिको उपसभापतिमा गिता देवकोटा र रामेश्वर वली चयन भएका छन् । त्यसैगरी सचिवको जिम्मेवारी देवकी गौतमले लिएकी छिन् । उता वीपी विचार समाज चितवनले कोषाध्यक्षमा गणेश पौडेललाई दिँदा सहसचिवको जिम्मेवारी मछिन्द्र पाण्डेले पाएका छन् ।
त्यसैगरी सदस्यहरुमा धुव्रराज सुवेदी, विनोदकान्त ढकाल, खेमराज अधिकारी, नारायण सुवेदी, वीरबहादुर परियार, कमला रानाभाट, रबिना मिश्र, सितादेवी शर्मा ढकाल, दुर्गा गौतम, राधा चौधरी, श्रीराम सापकोटा, विष्णुप्रसाद पोखरेल चयन भएका छन् ।
यसैबीच, वीपी विचार समाज चितवनले ३ वटै क्षेत्रको क्षेत्रीय संयोजकहरु, तथा नगर एवं गाउँपालिका संयोजक चयन गरेको समाजले जनाएको छ ।
चितवनको क्षेत्र नंवर १ को संयोजकमा गोपाल गिरी, क्षेत्र नंवर २ को संयोजकमा भोजराज कौडेल, र क्षेत्र नंवर ३ को संयोजकमा कमल पौडेललाई जिम्मेवारी सुम्मिएको छ ।
त्यस्तै, भरतपुर महानगरपालिकाको संयोजकमा विष्णु खनिया, सहसंयोजकमा लिला घिमिरे, सचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सिता चापागाँई तथा सदस्यमा एन्जिला रिजाललाई जिम्मेवारी दिइएको वीपी विचार समाज चितवनले जनाएको छ ।
उता,रत्ननगर नगरपालिकाको संयोजकमा पम्फा अर्याल, खैरेनी नगरपालिकाको संयोजकमा रुद्र सुवेदी, रापती नगरपालिकाको संयोजकमा अनिता खरेल, कालिका नगरपालिकाको संयोजकमा विश्वास अर्याल, मादी नगरपालिकाको संयोजकमा काशी अधिकारी, इच्छाकामना गाउँपालिकाको संयोजकमा कमल गुरुङलाई जिम्मेवारी दिइएको छ ।

nema
Show More

Related Articles

Back to top button