समाचारविश्व

१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

 
 
 
१६ वैशाख, बुटवल । १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ ।
२ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
 
२३ देशका अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा भएकोे सम्मेलनले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्विका गर्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको छ ।
सम्मेलनलाई एक समारोहका बीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए ।
विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महत्वपूर्ण टेवा पुर्‍याएको उनले चर्चा गरे ।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरेका छन् ।
यस्तो छ लुम्बिनी घोषणापत्र २०१८
१. सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने ।
२. केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने ।
३. अन्तरआस्था, संवादको प्रवर्द्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने ।
४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने ।
५. लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने ।
६. बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।
७. बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।
८. कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने ।
९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने ।
१०. लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने ।
 

nema
Show More

Related Articles

Back to top button