breakingसमाचारनेपाली कांग्रेस

निश्चित मापदण्ड वा आधाआधाको आधारमा टिकट वितरण गरिनुपर्छ : नेता जोशी

वीपी विचार राष्ट्रिय समाजका सहसभापति एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँगे्रस बलियो नभए लोकतन्त्र खतरामा पर्ने चेतावनी दिनुभएको छ । मंगलबार विपि विचार समाज भानु नगरपालिको नारेश्वंरटारमा पालिकास्तरीय भेलामा सम्बोधन गदै उहाँले पार्टीको साख झनझन गिदै गएको जिकिर गर्नुभयो ।
नेपाली काँग्रेस तनहँुको विगत, वर्तमान र भविष्यको समिक्षा गदै पार्टीलाई एक बनाई सशक्त ढङ्गले अगाडी बढाउन आफना केही सर्त रहेको उहाँको भनाई छ ।
 
क्रियाशिल सदस्यता वितरण गर्दा निश्चित मापढण्ड तयार गरि मापढण्ड भित्र परेका व्यक्तिहरुलाई निस्पक्षता साथ वितरण गर्नुपर्नेमा उहाँको जोड छ ।
क्रियाशिल सदस्यता वितरणमा विभेद भएमा आफूलाई मान्य नहुने नेता जोशीको अडान छ । पार्टीलाई आगामी निर्वाचनमा बलियो र शसक्त बनाउन आफूसँग अचुक मन्त्र रहेको उहाँले सुनाउनुभयो ।
नेता जोशीका अनुसार, पार्टी केन्द्रमा भागबण्डा नमिलेर आफूलाई भाग चाहियो भनि असन्तुष्टि बढि रहेको हुँदा जिल्लाको सबै तहमा या त निश्तित आधर बनाएर दुबै पक्षलाई मान्य हुने गरि सबै तहको टिकट वितरण हुनुपर्ने अन्यथा केन्द्रमा रामचन्द्र पौडेल पक्षले भागबण्डा मागि असन्तुष्टि ब्यक्त गरिरहेको हुँदा जिल्लाको सबै तहमा स्पष्ट किसिमले आधा—आधा भागबण्डा हुनुपर्ने जोशीको तर्क छ ।
यसो हुन नसके दुबै पक्षको बीच प्रत्येक तहमा आधा–आधा सिट भागभण्डा लगाउनु पर्ने, त्यसका लागि तहगत आधारमा कुनकुन ठाँउमा कुनकुन पक्षको स्पष्ट तोक्ने, अहिले क्रियाशिल रहेका पार्टीका दुवै पक्षका नेताहरुलार्इृ जेष्ठता, निरन्तरता र योग्यताको आधारमा पार्टीका सबै तहका पदमा संयोजन गर्ने, पार्टीमा क्रियाशिल, हाम्रा पक्षका नेता तथा कार्यक्रताहरुलाई अपमान हुने कुनै काम नगर्ने र अहिले सम्म गरेकोमा सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने कुरामा आफू टसमस नहुने उहाँको अडान छ ।
हाम्रो तर्फ बाट हाम्रो पक्षको सबै कामको लागि प्रतिनिधित्व गर्न विपि विचार समाज तनहुँका सभापति डिल्लीराम अधिकारी तोकिनुभएको छ उहाँ र उहाँको टिमले गरेको निर्णय हामीलाई मान्य हुने उहाँको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै उहाँले वीपीको विचारबाट अलग हुन खोजेकाले पार्टी इतिहाँसमै कमजोर बनेको तर्क गर्नुभयो । पार्टीलाई पहिलेकै अवस्थामा फर्काउनको लागि आफूले सारेका कुराहरुलाई नेतृत्वले लागु गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजका सभापति अधिकारीले क्रियाशिल सदस्यता वितरणमा विभेद भएमा सहन नसकिने बताउनुभयो । साथै उहाँले वितरणमा पक्षपात भएमा जिल्लाको चौधौं अधिवेशन नराम्रो सँग प्रभावित हुने चेतावनी समेत दिनुभएको छ । समाजका सदस्य भिमबहादुर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांंगे्रस भानु नगरपालिकाका सभापति श्रीभक्त आर्चाय, समाजका जिल्ला सचिव हरिशरण पण्डित, समाजकी कोषाध्यक्ष चिनु पोखे्ररेल, समाजका सदस्य परमेश्व भटराई, खोजबहादुर गुरुङ, राम बहादुर घिमिरे, ठाकुर अधिकारी, रामबहादुर ढुङगाना, वडाअध्यक्षहरु अजुर्न के.सी, राम रेग्मी, हेमनिधि पाण्डे, चिरिन्जीवी ढकाल, नेपाल शिक्षक संघ भानुका अध्यक्ष उपेन्द्र विष्ट लागयतले पार्टी सुढुरिकरण, पार्टी एकता र समाजको आवश्यकता र महत्वको बारेमा आ–आफना भनाईहरु राख्नुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button