समाचारविचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाज केन्द्रीय समितिको प्रेस वक्तव्य

 
काठमाण्डौ फाल्गुण ५ ,
वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापति श्री कुल वहादुर गुरुङ्ग.को सभापतित्वमा आज वीपी विचार राष्ट्रिय समाज केन्द्रिय कार्य सम्पादन समितिको वैठक सम्पन्न भयो । वैठकले यहि २०७७ साल वैशाख १९ गते हुने भनिएको समाजको अधिवेसन कोभिड १९ को कारण स्थगित भएकोहुदा समाजको सो स्थगित अधिवेसन २०७७ चैत्र २१ गते काठमाण्डौमा गर्ने र केन्द्रिय कार्य समितिको वैठक २०७७ चैत्र २० गते समाजको केन्द्रिय कार्यालय चण्डोलमा वस्ने निर्णय गरेको छ ।यो अधिवेसनमा समाजको नया कार्य समितिको निर्वाचन हुने भएकोले समाजको नया कार्य समितिको निर्वाचनका लागी अधिबक्ता सुदिप पण्डितको संयोजकत्वमा अधिबक्ता दिपेन्द्र अधिकारी र अधिबक्ता विवेक न्यौपाने सदस्य रहेको तिन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालीका आफै तयार गर्ने छ ।उक्त अधिवेसनमा समाजका केन्द्रिय पदाधिकारी तथा केन्द्रिय सदस्यहरु प्रदेस सभाका पदाधिकारी तथा सदस्यहरु ,समाजका विभागका पदाधिकारी तथा सदस्यहरु ७७ ओटै जिल्लाका समाजका जिल्ला सभापति ,महिला प्रतिनिधि १ र अर्का सदस्य १ समेत तिन जना सहभागि हुने हुदा उक्त दिन विहान ८ वजे सम्वन्धित सवैलाई काठमाण्डौमा उपस्थित हुन अनुरोध गरीएको छ । अधिवेसन हुने स्थान पछि जानकारी गराइने छ । यसै प्रेस वक्तव्यलाइ आधार मानि उक्त अधिवेसनमा सहभागी हुन सम्वधित सवैलाई अनुरोध गरीएको छ ।
श्रीमान संपादक ज्यु,
यो प्रेस वक्तव्य प्रशारणार्थ र प्रकाशनार्थ पठाएको छु प्रकासन र प्रसारण गरीदिनु होला ।
(रोनिता पौडेल)
कार्यालय सचिव
वी पी विचार राष्टिय समाज केन्द्रिय कार्यालय, काठमाण्डौ ।
 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

nema
Show More

Related Articles

Back to top button