समाचार

कृषि विकास बैैँकको ह्याकिङ प्रकरणमा कर्मचारीकै मिलेमतो

८ असोज, काठमाडौैँ÷ कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याकिङ गरि चोरीएको प्रकरणमा बैंककै कर्मचारी संग्लग्न रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारीकै मिलेमतोमा युजर र पासवर्ड दुरुपयोग गरेर रकम निकालिएको जनाएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको जानकारी दिए ।
बैंककै कर्मचारीको लगइन कोड मात्र नभएर कम्प्युटर पनि प्रयोग भएको उनको भनाई छ । यसरी स्विफ्ट ह्याक गरेर पठाइएको रकम १ करोड ५६ लाख रुपैयाँ बराबर भएको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको छ । चोरी भएको रकम २ करोड रुपैयाँभन्दा माथि नरहेको समेत बताइएको छ । कृषि विकास बैंकको लहान, धनगढी र सिराहाका शाखाको डेबिट खातामा ह्याकरले हिट गरेको देखिएको छ । प्रहरीले यस प्रकरणमा ११ जनालाई प्रक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

nema
Show More

Related Articles

Back to top button