breakingसमाचारनेपाली कांग्रेस

नेपाली जनतालेनै कम्युनिष्ट सरकार ढाल्ने कांग्रेस सभापति देउवाको दाबी

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको आरोप लगाएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिवार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको बताएका हुन ।
उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले नेपाली जनताले नै सरकार ढाल्ने दाबी गरे ।
सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको समेत बताएका हुन ।
कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याउने पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मानीत गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button