समाचार

विमानस्थलबाट करोडौं भारतीय जाली नोट सहित ६ जना पक्राउ

काठमाडौंं÷ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्‍कली नोटसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीका अनुसार साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो छजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छजना पक्राउ परेको भण्डारीले बताए ।
पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो।
रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।
पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट छन्।अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए ।

Show More

Related Articles

Back to top button