समाचार

मेलम्चीको पानी दशैसम्म काठमाडौैँ ल्याउन ठेकेदार तयार

काठमाडौं, असार ११ । सरकारले मेलम्चीको पानी आगामी दसैंसम्ममा काठमाडौं ल्याइसक्ने जनाएको छ ।
खानेपानी मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ठेकेदार कम्पनी दसैंअगाडि नै काठमाडौंमा पानी पठाउन सहमत भएको हो ।
गत शुक्रबार खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना विकास समिति, एसियाली विकास बैंक र निर्माण कम्पनीबीच यससम्बन्धी सहमति भएको मन्त्रालयले जनाएको छ ।
खानेपानीमन्त्री बीना मगरले काम छाडेर गएको कम्पनीको उच्चस्तरीय प्रतिनिधिमन्डललाई नेपाल बोलाएर महत्वपूर्ण र ऐतिहासिक समझादारी गर्न सरकार सफल भएको दाबी गरेकी छिन।
सेप्टेम्बर ३० अर्थात् असोज १४ गतेभित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउन ठेकेदार तयार रहेको र कात्तिक १ भित्र राजधानीबासीलाई पानी वितरण गरिने बताइन ।
ठेकेदारको समय थपका सन्दर्भमा भने मन्त्रालयको असन्तुष्टि रहेको र ‘डिस्प्युट बोर्ड’को पूर्णफैसला नआउँदासम्मका लागिमात्र निर्माण कम्पनीको म्याद थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।
डिस्प्युट बोर्डको निर्णय सच्चिएर नआए सरकार ‘आर्बिट्रेसन’मा जाने भएको छ ।

nema
Show More

Related Articles

Back to top button