breakingसमाचारविचारवी पी विचार
बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/01/earthquake-frequency-1.jpg)
१० फागुन,
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।
copied from online khabar
![nema](https://bpbichar.com/wp-content/uploads/2021/02/ezgif-5-564eeda8000c.gif)