समाचार

देशका विभिन्न स्थानमा आज भारी बर्षा हुने सम्भावना÷ सतर्क रहन सुझाव

१७ आषाढ, काठमाडौैँ ÷मनसुन सक्रिया भएसँगै काठमाडौ उपत्यकासहित देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मनसुन सक्रिय भइसकेकाले अबको केही दिनसम्म मुलुकको पूर्व र पश्चिमी भूभागको केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । चुरे र महभारतबाट बहने नदी आसपासमा रहेका बासिन्दाले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भारी वर्षाका कारण सो क्षेत्रका नदीनालामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार आज गोरखा, धादिङ, लम्जुङका साथै कास्कीका केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना नदीहरूमा एक्कसी बाढी आउन सक्ने सम्भावना रहेको छ । यस्तै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन शाखाले सर्वसाधारणमा आग्रह गरेको छ ।

nema
Show More

Related Articles

Back to top button