breakingसमाचार

वीर अस्पतालमा समेत कोरोना परिक्षणको नमुना सुरु

२९ चैत, काठमाडौैँ
वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण सुरु गरिएको छ । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको परीक्षणलाई विस्तार गर्दै वीर असपतालबाट पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र भोलिदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिनुभयो ।
 
अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको देवकोटाले बताउनुभयो । अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा रहेको बताइएको् छ । काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोल्नशमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button