समाचारसमाज

प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई संबोधन गर्ने

२९ साउन, काठमाडौैँ÷प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई भदौ २ गते संबोधन गर्ने हुनुभएको छ । प्रदेशसभालाई संबोधन गर्न प्रधानमन्त्री भदौ २ गते आउने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । ओलीले भदौ २ गते विहान ११ बजे संबोधन गर्ने कार्यक्रम भएको सभामुख सरोज कुमार यादवले जानकारी दिनुभयो । प्रधानमन्त्रीले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने तयारी प्रक्रिया सुरु भइसकेको छ प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले बताउनुभयो । ।प्रधानमन्त्री ओलीले प्रदेश १, प्रदेश ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभालाई संबोधन गरिसकेका छन् ।

nema
Show More

Related Articles

Back to top button