समाचार

नेकपा बैठकमा कार्यदलबारे तिब्र असन्तुष्टि, विघटन गर्ने ओलीको प्रस्ताव

९ फागुन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद उत्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा उत्रिएका छन् ।

सचिवालय र कार्यदल सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।
कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको बताएका छन ।

कार्यदलबारे सहमति जुट्न नसकेपछि शुक्रवार फेरी छलफल हुने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button