समाचारनेपाली कांग्रेस

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य ः पूर्वअर्थमन्त्री महत

१५ चैत, काठमाडौैँ÷ पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।

काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे महतले सम्भावना नै सम्भावना रहेको देशमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गरे । राजनीतिक खिचातानीमा लामो समय गुजारेको देश राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उनले स्पष्ट पारे ।

राजनीतिक स्थिरतासँगै देशको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेकोमा पूर्वअर्थमन्त्री महतले जोड दिए । विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा उनको जोड छ ।
पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकार संगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने वचन समेत दिएका हुन ।

nema
Show More

Related Articles

Back to top button