समाचार

भोजपुरमा प्रहरीमाथि एक्कासि गोली हानियो ः महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर सरकारद्धारा प्रतिवन्धित विप्लव समूह र प्रहरीबीच भएको भिडन्तबारे संसदलाई जानकारी गराएका छन्। बुधबारको संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराएका हुन्। भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि महानिरिक्षक खनालले बताए । घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए। नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको चलेको उनले बताए । भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ। ुप्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई रहेको उनको भनाई छ । त्यस्तै नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ। घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन्।ु गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको महानिरीक्षक खनालले बताए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button