breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको अवरोधका कारण प्रदेश १ को बैठक स्थगित

२७ माघ, काठमाडौैँ÷ प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ । काँगे्रसको अवरोधपछि भोलि दिउँसो २ बजे बस्ने गरी प्रदेशसभा बैठक स्थगित गरिएको छ । आज बैठकको सुरुमै कांग्रेस सांसदहरुले विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै अवरोध गरेका हुन् । कांग्रेस संसदीय दलका सचेतक सूर्यमाराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुनेगरी गरेको काम गलत भएको भन्दै कारवाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने चेतावनी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button