breakingसमाचारनेपाली कांग्रेस

विप्लवको पार्टीबारे काँगे्रसले माग्यो सरकारको धारणा

१५ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबारे सरकारको धारणा माग गरेको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले नख्खुमा एनसेल मुख्यालयमा भएको बम विस्फोटको विरोध गर्दै घटनाको जिम्मा लिएको विप्लवको पार्टीबारे सरकार र सत्तारुढ पार्टी नेकपाको धारणा माग गरेका हुन ।

सरकार र सत्तारुढ नेकपाले विप्लवलाई हेर्ने दृष्टिकोण तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ । विप्लवलाई सरकार र प्रमुख पार्टीहरुले सतही रुपमा मात्र हेरे मुलुक अर्को द्वन्द्वमा फस्नसक्ने उनले चेतावनी दिए ।

उनले बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने सिद्धान्त कम्युनिस्ट आन्दोलनभित्र किन पैदा हुन्छ भनेर आत्मनिरीक्षण गर्ने बेला आएको समेत बताएका छन् ।

सरकार र नेकपाको कोर लिडरसिप सैद्धान्तिक अन्यौलमा रहेको देवले बताए ।

कांग्रेस सांसद देवले राजनीतिक समस्या समाधान भइसक्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति गलत भएकोसमेत उनले दावी गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button