समाचार

बर्षाले रामेछापको मन्थली अस्तब्यस्त, ६ जनाको उद्धार

रामेछाप, बैशाख ३१ । रामेछापमा अविरल वर्षापछि आएको भिषण बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थीलाई बगाएको छ । ६ जना विद्यार्थीको उद्धार गरिएको छ । एक जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
मन्थली बजारलगायतका स्थान अस्तव्यस्त बनेको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
 
 
बेपत्ता फुँयालको नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।
गएराति १२ बजदेखि शुरु भएको वर्षाले मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका हुन् । पहिरोले केही घर र पसलमासमेत क्षति पु¥याएको छ ।
उता, सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा परेका छन् ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमासडकमा पहिरो खसेपछि आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको हो । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भैरहेको प्रहरीले बताएको छ ।

nema
Show More

Related Articles

Back to top button