समाचार

१८० नेपालीलाई लिन नेपाल एयरलायन्सको एयरवस फागुन ३ गते चीन जाँदै

२७ माघ, काठमाडौैँ÷ कोरोना भाइरसको उच्च संक्रमण रहेको चीनको वुहानबाट १८० जना नेपाली विद्यार्थी लिन जाने चिकित्सक, पाइलट तथा कर्मचारीलाई आजबाट ओरिन्टेसन तालिम सुरु गरिएको छ । नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पनि आजबाट ओरिन्टेसन तालिम सुरु गरेको जनाएको छ ।
तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताइएको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा रहेका १८० जना नेपालीलाई नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । नेपाली विद्यार्थीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान फागुन ३ मा वुहान जानेछ । चीनले नेपालीलाई स्वदेश फर्काउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गर्नेछ । परिक्षणका क्रममा भाइरसको संक्रमण देखिए उनीहरूलाई नेपाल नपठाउने जनाएको छ ।
चीनमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु भएको छ । २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । मृत्यु भएका मध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा मृत्यु भएको बिबीसीले जनाएको छ । यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

nema
Show More

Related Articles

Back to top button