breakingसमाचारनेपाली कांग्रेस

सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध जस्तै भएको काँगे्रस नेता सिंहको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको उल्लेख गरेका हुन ।
नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको दाबी गरे ।
नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले उल्लेख गरे ।
दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य सहजै पूरा नहुने भएकाले त्यसका लागि थप रु १७ खर्ब लगानी गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले पूरा हुने मात्रै सपना देख्न सुझाब दिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button