समाचार

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ गतेबाट सुरु हुँदै

काठमाडौं ÷ ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुचारु हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने बताएको हो । सही तथ्यांक ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सुरु गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।
सो नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने विभागको तयारी छ । सुपरिवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले उल्लेख गरे । यसअघि शिक्षकहरूलाई जनगणनाको गणकको रूपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरूलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ। सबै प्रदेशको २÷ २ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने बताएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button