समाचार

गंगामायाका जेठा छोरा नुरप्रसादलाई प्रहरीले आमाको जिम्मा लगायो

२१ साउन, काठमाडौैँ÷गोरखा फुजेलकी गंगामाया अधिकारीका जेठा छोरा नूरप्रसादलाई नेपाल प्रहरीले आमाको जिम्मा लगाएको छ ।
लामो समयदेखि सम्पर्कविहीन रहँदै आएका नूरप्रसादलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो । प्रहरीले आइतबार साँझ नूरप्रसादलाई वीर अस्पतालमा रहेकी आमा गंगामायाको जिम्मा लगाएको हो । आमाको जिम्मा लगाएपछि नूरप्रसादले आफू नेपालका न्यायालयमा न्याय माग्न नजाने बताए । आफ्ना भाई कृष्णप्रसादलाई गोली हान्ने तत्कालिन माओवादी कार्यकर्ताहरुलाई माफी दिन तयार हुने तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई कुनै हालतमा माफी दिन नसक्ने बताए । आफ्ना बाबुको अनशनकै क्रममा निधन हुनुभन्दा अघिदेखि नै नूरप्रसाद सम्पर्कविहीन थिए ।

nema
Show More

Related Articles

Back to top button