समाचार

बौद्ध–जोरपाटी सडक छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालिन आन्दोलन सुरु

काठमाण्डौ – चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।
सडक पिच नभएसम्म अनिश्चितकालिन आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने समेत उनीहरुको माग छ ।
स्थानीय बासिन्दा र व्यापारीले ‘धुलो धुवाँ धेरै भो, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर सडकखण्डमा प्रदर्शन गरेका छन् ।
लामो समयदेखि सडक मर्मत चावहिल–बौद्ध–जोरपाटी सडकमा हिँड्डुल गर्न समस्या छ । यो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलाम्मे हुने समस्या छ ।

nema
Show More

Related Articles

Back to top button