समाचार

विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, फागुन ८ । विवेकशील साझा पार्टीका ३० नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वघोषित कार्यक्रम अनुसार बुधबार राजधानीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा सहभागी भएका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ ।

पार्टीका संयोजक रवीन्द्र मिश्रका अनुसार पार्टीका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।

विवेकशीलले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । अख्तियारकै आयुक्तसमेत भ्रष्टाचारमा मुछिएपछि आयोगकै कार्यालय अगाडि प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका कार्यकर्ताले ठूलो माछाको प्रतीक चिन्ह बोकेर भ्रष्टाचारीमाथि कारवाहीको माग गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button