समाचार

चितवनमा महिला हिंसाविरुद्ध अभियान शुरु

२३ बैशाख, चितवन÷मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु गरिएको हो । मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न शुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमा मात्रै हेर्ने गरेको भन्दै पुरुष सच्चिनुपर्नेमा जोड दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button