समाचार

बालकको हत्यापछि भाग्न खोज्दा मारिने २ अपहरणकारीको पहिचान खुल्यो

२१ साउन काठमाडौैँ÷आइतवार बेलुकी राजधानीको काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेपछि प्रहरीले अपहरणकारीलाई भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाबाट पछ्याउँदा सुर्यविनायक पुगेर मुठभेड भयो ।
प्रहरी र अपहरणकारीबीच दिउँसो करिव साँढे १ बजेतिर भएको मुठभेडमा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको छ । अपराध महाशाखाको टोलीले बालकको शव भेटिएको भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरबाट पछ्याउँदा अपहरणकारीसँग सुर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने बाटोमा मुठभेड भएको हो । मुठभेडमा दुवै अभियुक्तको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनास्थलबाट प्रहरीले पेस्तोल, २ राउण्ड गोली बरामद गरेको छ । अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल र सीम समेत प्रहरीले बरामत गरेको छ । अपहरणकारीले ४० लाख फिरौती मागेका थिए ।
आईतबार साँझ स्कूलबाट फर्कपछि बालकको अपहरण भएको थियो । भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरमा बालकको शव हत्या गरिएको अवस्थामा दिउँसो साँढे १२ बजे प्रहरीले फेला पारेको थियो ।
यसअघि, प्रहरीको अपराध महाशाखाको टोलीले सोमबार दिउँसो अपहरणको आशंकामा १ जना महिलालाई पक्राउ गरेको थियो । फिरौतीकै लागि बालकको अपहरण भएको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ ।

nema
Show More

Related Articles

Back to top button