breakingसमाचार

पूर्वसहायकमन्त्री तथा कांग्रेस नेता केशरमान लगायत चार जनामाथि कुटपिट

रुकुम (पूर्व),माघ १९ । पूर्वसहायकमन्त्री तथा नेपाली कांग्रेसका नेता केशरमान रोकालगायत अन्य चारजनामाथि रुकुमकोटमा कुटपिट भएको छ ।

पूर्वमन्त्री रोकालगायत कांग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि पनि कुटपिट गरिएको हो ।

रुकुमकोटमा आन्दोलन चलिरहेका बेला बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनकारीहरुले बताएका छन् ।

कुटपिटकाक्रममा रोकाको घाँटीमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार गराएपछि उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

रुकुमकोटमा आफू सदरमुकामको विषयमा वार्ता गर्न भनी आएको र आउँदा आफूमाथि आक्रमण भएको पूर्वमन्त्री रोकाले बताए ।

nema
Show More

Related Articles

Back to top button