समाचार

पेट्रोलिय पदार्थको मुल्य घट्यो

४ असार , काठमाडौैँ÷पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतवार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल प्रति लिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर २–२ रुपैयाँले मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेर आएपछि स्वचालित मूल्य संरचना अनुसार नेपाली बजार प्रभावित भएको निगमका प्रवक्ता वीरेन्द्रबहादुर गोइतले जानकारी दिनुभयो ।
यसपछि पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँमा कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९२–९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
हाल हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तराष्ट्रितर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर छ। एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ। मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताउनुभयो । यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको बताइएको थियो ।

nema
Show More

Related Articles

Back to top button