समाचारनेपाली कांग्रेस

कसैले गेट आउट भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाडने सभापति देउवाको प्रस्टोक्ति

१३ जेष्ठ, काठमाडौ÷ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ ् । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वा्चित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताउनुभयो ।
सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले(माओवादी एकता नै भएको बताउनुभयो । अरु कारणले कांग्रेस नहारेको देउवाको दाबी छ । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको निष्कर्षलाई देउवाले प्रतिक्रिया दिनुभएको हो ।
गुट उपगुट अन्त्य हुनुपर्नेः शशांक कोइराला
यसैबीच, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी्भित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका बताउनुभएको छ । नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले पार्टी्भित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू सोही अभियानमा लागेको बताउनुभयो । पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संगै राखेर कोइरालाले आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा बताउनुभयो । पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएको भन्दै उहाँले कसैलाई पनि गुट उपगुटमा नलाग्न आग्रह आग्रह गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button