समाचार

पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा

काठमाण्डौ –नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिएका हुन् ।
उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने आशा रहेको बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button