समाचार

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ५० पुग्यो

काठमाडौं– हप्तादिनदेखि जारी अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परि अहिलेसम्म ५० जनाको ज्यान गएको छ ।
बाढी र पहिरोमा परेर विभिन्न जिल्लाहरुमा ३० जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश नम्बर ३ का ललितपुरमा ५, काठमाडौंमा ३, काभ्रेमा ३, रामेछामा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ गरी २१ जनाको मृत्यु भएको छ ।
प्रदेश नम्बर १ का खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १ भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ गरी १७ जनाको मृत्यु भएको छ ।
यस्तै, प्रदेश नम्बर २ को पर्सामा १, बरामा २, रौतहटमा १ , महोत्तरीमा १, सिरहामा १ र धनुषामा २ गरी ८ जनाको मृत्यु भएको जनाइएको छ । यस्तै प्रदेश नम्बर ५ को पाल्पामा १ र दाङमा १ गरी २ तथा कर्णालीको डोल्पामा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार प्रदेश नम्बर ३ मा २१, प्रदेश नम्बर १ मा १७, प्रदेश नम्बर २ मा ८, प्रदेश नम्बर ५ मा २ र कर्णालीमा २ गरी अहिलेसम्म देशभर ५० जनाको मृत्यु भइसकेको छ ।
यस्तै बेपत्ता हुनेको संख्यामा प्रदेश नम्बर ३ मा ९, प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ५ र कर्णाली प्रदेशमा ७ गरी ३५ जना पुगेका प्रहरीले जनाएको छ ।
अहिलेसम्म बाढी तथा पहिरोमा फेसेका १ हजार १ सय ४ जनाको उद्दार गरिएकोमा २५ जना घाइते छन् ।
घाइतेहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।  घाइतेहरुको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button