breakingसमाचारविचारवी पी विचार

राष्ट्रपतिको पूर्व सैनिकहरूलाई आश्वासन – म राजीनामा दिन्नँ, समस्याबाट भाग्दिनँ

कठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वभौम सत्ताको पक्षमा आफू अडिग रहने र गहन राष्ट्रिय समस्या समाधानमा पछि नपर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

शीतल निवासमा उनको निम्तोमा उपस्थित प्रधानसेनापति प्रभुराम शर्मा, दुई पूर्व प्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्दै थापासहित करिब ७० जना अवकास प्राप्त जर्नेलहरूसँगको अन्तरक्रियामा राष्ट्रपतिले उक्त प्रतिवद्धता व्यक्त गरेकी हुन्।

आफू गहन राष्ट्रिय समस्यालाई बिचमै छाडेर नभाग्ने तथा राजीनामा पनि नदिने खुलासा पनि उनले गरिन्। करिब साढे दुई घण्टा चलेको उक्त अन्तरक्रियामा राष्ट्रपतिले भेलाको उद्धेश्यबारे प्रकाश पार्दै अन्तमा अन्तरक्रियामा उठेका मुद्धाहरूको जवाफ र केही बुँदामा स्पष्टिकरण पनि दिएकी थिइन्।

आफू रक्षामन्त्री हुँदादेखि नै सेनासँग निकट रहेको र अहिले राष्ट्रपतिका हैसियतले सेनाको परमाधिपति भएको अवस्थामा पनि समसामयिक विषयमा सेवा निवृत्तहरुको अभिमत बुझ्न छलफल आयोजना गरेको संकेत गरिन्।

सहभागी ६ जना अवकासप्राप्त अधिकृतहरूबाट प्राप्त जानकारी अनुसार राष्ट्रिय सुरक्षा विश्वविद्यालय योजनालाई सरकारले प्राथमिकता नदिएको गुनासोदेखि अवकासप्राप्त सैन्य अधिकृतहरुलाई कूटनीतिक तथा संवैधानिक नियुक्तिहरूमा स्थान दिइनुपर्ने माग पनि उठेका थिए। तर अधिकांशको चासो र सुझावको केन्द्रमा विवादास्पद नागरिकता संशोधन विधेयक नै थियो।

पूर्व सेनापति पूर्णचन्द्र थापाले नागरिकता जस्तो विषयलाई राष्ट्रिय सुरक्षा नीतिमा नै आउनु पर्ने भन्दै योसँगै खुला सीमानालाई नियमन गर्नुपर्ने सुझाव पनि दिएका थिए।

एक सहभागीले सशस्त्र बिद्रोह ताका जघन्य अपराध तथा मानवअधिकार उल्लंघनमा दोषी माओवादीहरुलाई आममाफी दिने मनसायका साथ संक्रमणकालीन कानुन ल्याइएको आरोप लगाउँदै नेपाली सेनाको परमाधिपतिको हैसियतमा यस्तो अन्याय हुन नदिन आग्रह गरे।

कार्यक्रमको अन्त्यमा झण्डै एकघण्टा लामो स्पष्टिकरण र उठेका विषयहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले आफूले संसदमा फिर्ता गरेको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले जस्तोत्यस्तै पारित गरे पनि राष्ट्रियसभाले त्यसमा विवेक प्रयोग गर्दै उचित निर्णय लिने आशा पनि उनले व्यक्त गरिन्।

सहभागीहरुले राष्ट्रिपतिले कुनै पनि हालतमा राजीनामा गर्न नहुने र समस्याको समाधानमा प्रभावकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए।

copied from desh sanchar

nema
Show More

Related Articles

Back to top button