समाचार

कोरानाको महामारी ः विश्वका १९ करोड भन्दा धेरै मानिसले रोजगार गुमाउने

कोरोना भाइरसका कारण विश्वका १९ करोडभन्दा धेरै मानिसले रोजगारी गुमाउने अन्तराष्ट्रिय श्रम संगठन आईएलओले चेतावनी दिएको छ । कोभिड १९ को सङ्क्रमण रोक्न विश्वका विभिन्न देशमा लकडाउन गरेका छन् । विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेकोले सन् २०२० को चौमासिकसम्ममा १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने संगठनका कार्यकारी निर्देशक गाय राइडरले बताउनुभयो ।
 
हरेक पाँचमध्ये ४ जना व्यक्तिको रोजगार गुम्ने उहाँको दाबी छ । आईएलओले कोरोना भाइरसको महामारीको यो अवस्थालाई दोस्रो विश्व युद्धपछिको गम्भीर सङ्कटका रुपमा देखापरेको उल्लेख गरेको छ ।

nema
Show More

Related Articles

Back to top button