breakingसमाचार

एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने देउवाको चेतावनी

काठमाडौं, असोज ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने दाबी गरे ।
कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने स्पष्ट पारेका छन् ।
उनले जनताको अधिकार रक्षाका लागि चाडबाडलगत्तै आन्दोलन गर्नुपर्ने भएकाले तयारी गर्न पनि निर्देशन दिए ।
उनले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।
देउवाले ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै सरकार आफैं पतनको बाटोमा गएको जिकिर गरे ।

nema
Show More

Related Articles

Back to top button