समाचार

एकाबिहानै भूकम्पको धक्का, केन्द्रविन्दु कता ?

७ फागुन, काठमाडौैँ÷ काठमाडौ लगायतका आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चीनको अङ्ग्रेजी राष्ट्रिय दैनिक ग्लोबल्स टाइम्सका अनुसार, तिब्बत केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । यसै भूकम्पको धक्का नेपालमा महसुस गरिएको मापन केन्द्रको भनाइ छ । यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

nema
Show More

Related Articles

Back to top button