समाचार

बलात्कार र हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर, साउन २० । बलात्कार गरी हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नभएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
घटना भएको ११ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेपछि उनीहरुले हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने मागसहित आइतबार विरोध विरोध ¥याली निकालेका हुन ।
उता प्रहरीले भने घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएको छ । तर गृहमन्त्रीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भएको बताएका छन् । कारवाहीका सम्बन्धमा स्थानीय प्रहरी र गृहमन्त्रीको फरक अभिव्यक्तिले स्थानीयवासी थप आक्रोशित भएका हुन् ।

nema
Show More

Related Articles

Back to top button