समाचार

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्

काठमाडौं, वैशाख ४ । नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।
कामना न्यूज पब्लिकेशन प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सम्पादक श्रेष्ठको बुधबार बिहान ११ः४९ बजे निधन भएको जनाएको छ ।
करिब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण उनको राजधानीस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो ।
स्वास्थ स्थितिमा समस्या बढ्दै गएका कारण उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो । मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि उनलाई काठमाडौं ल्याएको थियो ।
काठमाडौं ल्याएपछि केही समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचार गर्नुका साथै फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो ।
वरिष्ठ पत्रकार श्रेष्ठको शव दिउँसो १ देखि ३ बजेसम्म भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछिअन्त्येष्टि गरिने पत्रकार दीपक रिजालले जानकारी दिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button