breakingसमाचार

चीनियाँ राष्ट्रपति सी शनिबार ४ः३० मा काठमाडौं ओर्लने

काठमाडौं, असोज २४ । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि भोलि शनिबार अपरान्ह ४ः३० बजे काठमाडौैँ ओलर्ने भएका छन् । उनी शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने स्रोतले दावी गरेको हो ।
यसका निम्ति विमानस्थल साढे २ घण्टा बन्द गरिने विमानस्थल कार्यालयले जनाएको छ । शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान स्थगन गर्न आदेश दिइसकिएको छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको यस भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । यसअघि, सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलनिवासमा साँझ ६ः३० बजे भेटवार्ता गर्ने तय गरिएको छ ।
यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
साँझ ७ः३० बजे राष्ट्रपति सी उनको सम्मानमा राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।
आइतबार बिहान १०ः३० बजे सीले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने बताइएको छ ।
बिहान ११ः३० मा भने प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ । दुई देशबीच हुने औपचारिक वार्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईलगायत विषय समेटिनेछन् ।
औपचारिक वार्तालगत्तै द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने छ ।
आइतबारै दिउँसो १ बजे सीको चीन फर्किर्ने तालिका रहेको बताइएको छ । आइतबार पनि बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button