समाचारसंस्था गतिबिधी

 बीपी विचार समाज तनहु‌  भानुलाई पूर्णता

 
बीपी विचार समाज भानुको कार्य समितिले पूर्णता पाएको छ । शनिबार भानु १ साजबोटेमा बसेको समाजनिकट सदस्यहरुको भेलाले भानु नगरस्तरीय समितिलाई पूर्णता दिएको हो । यसअघि नै भेलाका लागि समाजकी नेतृ चिनु पोखेल संयोजक तथा उपेन्द्र बिष्ट उप संयोजक चयन भएका थिए ।
शनिबार समाजका सल्लाहकार हरिभक्त ढकालको संयोजकत्वमा भएको भेलाले चिनु पोख्रेललाई सभापति, उपेन्द्र बिष्टलाई उप सभापति तथा ठाकुर अधिकारीलाई सचिव तोकेको छ । कोषाध्यक्षमा लालमति गुरुङ चयन भएको समितिका सदस्यहरुमा सम्भु भुजेल, सूर्यकुमार श्रेष्ठ, निर घले, हरिभक्त अधिकारी, शंकर नैया, सूर्यनाथ पण्डित, शिव बस्ताकोटी, कृष्णप्रसाद ढुंगाना, कृष्णसिं ठकुरी, मौलादिन शेख र मोहन केसी चयन भएका छन् ।
भेलाबाट सल्लाहकार समिति संयोजक चयन गरिएको छ । सल्लाहकारहरुमा भिमबहादुर अधिकारी, हिमनिधि पाण्डे, डम्बर बिष्ट, लोकबहादुर गुरुङ, प्रेमराज उप्रेती र पूर्ण अधिकारी चयन भएका छन् ।
भेलाले हरेक वडामा वडा संयोजक पनि चयन गरेको छ । भेलाबाट वडा नम्बर १ संयोजकमा श्याम जिसि, वडा नम्बर ३ संयोजकमा विष्णुकुमार श्रेष्ठ, वडा नम्बर ४ संयोजकमा निलचन्द पाण्डे, भानु ५ संयोजकमा हेमलाल श्रेष्ठ, भानु ६ संयोजकमा सूर्यबहादुर खड्की, भानु ७ संयोजकमा सूर्यनाथ पण्डित, भानु ८ संयोजकमा शिव बस्ताकोटी, भानु १० संयोजकमा उपेन्द गुरुङ, भानु ११ संयोजकमा नवराज श्रेष्ठ, भानु १२ संयोजकमा कृष्णसिं ठकुरी तथा भानु १३ संयोजकमा सीताराम बानियाँ चयन भएका छन् ।

nema
Show More

Related Articles

Back to top button