समाचार

कोरियन भाषा परिक्षा जेष्ठ २६ र २७ गते हुने

१३ जेष्ठ, काठमाडौैँ÷ सन् २०१९का लागि कोरियन भाषा परीक्षा आगामी जेष्ठ २६ र २७ गते हुने भएको छ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो ।
यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष कोरियाले नेपालमा लागि ७ हजार १ सय जना कामदारको कोटा दिएको छ । २६ र २७ गते हुने परीक्षाको नतिजा असारको १६ गते आउनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने गर्छ । त्यसकारण नतिजा आउन समय नलाग्ने भण्डारीले बताउनुभयो । उहाँले परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा ल्याउन आग्रह गर्नुभयो । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिने भण्डारीले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button