breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित÷ अर्को बैठक आइतवार बस्ने

काठमाडौं, साउन १८ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश शुक्रबार १ बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिएका हुन । शुक्रबारको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्नेगरी बैठक स्थगन भएको जनाइएको छ । शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा। युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची थियो ।
बैठकमा गृहमन्त्री थापाले प्रस्तुत् गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।
कांग्रेसको आग्रहमा स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहबमोजिम प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगन भएको हो । कांग्रेस संसदीय दलको बैठक बसिरहेकाले कांग्रेस सांसदहरुको आग्रहानुसार बैठक स्थगन गरिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । प्रतिपक्षीको आग्रहलाई स्वीकार गरेर बैठक स्थगन गरिएको उनको भनाइ छ । बैठक चलाउने वा नचलाउने भन्ने विषयमा सभामुख कृष्णबहादुर महराले सत्तरुढ नेकपाका नेता नेम्वाङलगायतसँग संघीय संसद भवनमै छलफल गरेका थिए । छलफलपछि सभामुख महराले बैठक स्थगन गर्ने निर्णय लिएका थिए । सोलगत्तै संघीय संसद सचिवालयका महासचिव भट्टराईले सूचनामार्फत् बैठक स्थगन भएको जानकारी दिएका थिए । बिहीबारको बैठकमा भने सभामुख महराले आफूहरुलाई बोल्न नदिएको भन्दै कांग्रेसका सांसदले बैठक बहिस्कार गरेका थिए । रासस

nema
Show More

Related Articles

Back to top button