breakingनेपाली कांग्रेस

प्रचण्डको अभिब्यक्तिलाई हल्का रुपमा लिन नसकिने भन्दै गगनले यसो भने

१३ पौष, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता गगन थापाले भरखर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोलेको ‘लोकतान्त्रिक प्रणालीमा परिणाम दिन सकिँदैन’ भन्ने अभिव्यक्तिलाई हल्का रुपमा लिन नसकिने बताएका छन् ।
यो सरकारले यो प्रणालीमा काम गर्न नसकिने संकेत गर्नु लोकतन्त्रप्रतिको अविश्वास र माया, समर्पण छैन भन्ने बुझ्न कठीन नभएको उनले स्पष्ट पारे ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति प्रदेश नंवर । ३ ले आयोजना गरेको ुवर्तमान राजनीतिक परिस्थिती, नेपाली कांग्रेस र युवाहरुको भूमिकाु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले वीपीलाई नबुझि कांग्रेसलाई बुझ्न नसकिने थापाले बताए ।
वीपी कोइरालालाई कसैसँग दाँज्न नमिल्ने नेता भएको उल्लेख गर्दै प्रजातान्त्रिक, राष्ट्रियता र सामाजिक जागरुक आन्दोलनका मूलकर्ता भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले विद्यार्थी नेताहरूसँग चिच्त दुखेको बताए ।

nema
Show More

Related Articles

Back to top button