समाचार

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

६ आषाढ, काठमाडौैँ÷ एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलवार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो । गंगामायाले दोस्रोपटक भोक हडताल थालेको २२ दिन बितिसक्दा पनि नेपाल सरकारबाट उक्त अनशनको कुनै सम्बोधन नभएको भन्दै एम्नेस्टी इन्टरनेशनलले गहिरो चिन्ता व्यक्त गरेको छ । न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताका कारण ३२९ दिनको आमरण अनशनपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको थियो । सशस्त्र द्वन्द्वका क्रममा अन्यायमा परेका पीडितलाई चाँडो न्याय प्रदान गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत एम्नेस्टी इन्टरनेशनलको माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button