breakingसमाचारसमाज

सिन्धुपाल्चोकमा पहिरो, कम्तिमा दुईजनाको मृत्यु, १९ जना बेपत्ता

तस्बिर सौजन्यः दिनेश थापा
सिन्धुपाल्चोक – (अपडेट) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ ।
याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ ।
एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ । बुधबार मध्यरातमा गाउँमाथिबाट बाढी तथा पहिरो खस्दा घरहरु बगाएको हो ।
यस्तै बाह्रबिसे–३ मा खाडदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे अहिले नै भन्न नसकिने उनले बताएका छन् ।
असार २५, २०७७ मा प्रकाशित
nema
Show More

Related Articles

Check Also
Close
Back to top button