breaking

सत्य निरुपण तथा मेलमिलाव आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुने सम्भावना

४ कात्तिक, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल गठन नहुने सम्भावना बढ्दै गएको छ ।
सोमबार विहान सत्तारुढ नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएपनि कुनै ठोस निर्णय निस्कन नसकेको हो । नेताहरुले पछिल्लो समय पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै छिट्टै अर्को बैठक बस्ने सहमति गरेको बताइएको छ ।
प्रमुख दलहरुले दुवै आयोगमा पठाउने सम्भावित पदाधिकारीहरुबारे समझदारी गरिसकेका थिए । तर त्यसमा द्वन्द्वकालका पीडितहरुले असहमति जनाएका छन् भने मानवअधिकार आयोगले समेत चासो ब्यक्त गरेको छ ।
त्यसबारे सिफारिस समितिसँग पनि परामर्श गर्न बाँकी रहेको दुवै दलका नेताहरुले स्विकार गरेका छन् ।
दुवै आयोगको पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको थियो । तर समितिले अहिलेसम्म सम्भावित उम्मेदवारहरुको सूची प्रकाशित गरेर उजुरी आहृवान समेत गर्न सकेको छैन ।
यी दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि यसअघि नै संयोजक समिति गठन गरिएको छ। समितिले अझैसम्म कसलाई नियुक्त गर्ने भन्‍ने टुंगो लगाउन सकेको छैन। दुई आयोगका अध्यक्षका लागि गोविन्द बन्दीसहितको नाममा चर्चा भए पनि शीर्षीहरुबीच सहमति जुटेको छैन। यसबारे दलहरूबीच निर्णायक छलफल अभावले दुवै आयोग गठन लम्बिएको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button