breakingसमाचार

लकडाउनमा थप कडाई,सीमा नाकामा पनि प्रहरीको सक्रियता

२२ बैशाख,काठमाडौैँ
चौथो पटक थपिएको लकडाउनको अवधि सकिनै लाग्दा प्रहरीले काठमाडौं उपत्यकामा थप कडा गरेको छ । अनावश्यक रुपमा सडकमा निस्किने, तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई प्रहरीको आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ ।
 
लकडाउन कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसँगै लकडाउनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
 
त्यस्तै काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ । नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्य आवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो ।

nema
Show More

Related Articles

Back to top button