समाचार

विष्णु पौडेलको बालुवाटारको जग्गा जफत नगर्ने सरकारको संकेत

१४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा सरकारले जफत नगर्ने भएको छ ।
भूमिसुधारमन्त्री पद्मा अर्यालका अनुुसार ललिता निवासको सरकारले अधिग्रहण गरेको तर, भूमाफियाहरुले व्यक्तिको नाममा लगेको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको छ । तर, पौडेलले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा मोही कायम भएको जग्गा भएको पाइएको मन्त्री अर्यालले बताइन ।
प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् । यसबारे छानविन भइरहेको उनले दाबी गरिन ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मोही कामय भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं मान्छेका रुपमा नविनको नाममा हस्तान्तरण भएको पाइएको बताइन् ।
सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा व्यक्तिको नाममा गइसकेको भएपनि त्यो सरकारकै हुने मन्त्री अर्यालले स्पष्ट पारिन ।

nema
Show More

Related Articles

Back to top button