नेपाली कांग्रेससमाचार

बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई काँगे्रस प्रवक्ता शर्माको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन सर्लाही शाखाले मंगलबार गरेको पत्रकार सम्मेलनमा शर्माले बहुमतका आधारमा विवेक कुल्चिएर अघि बढे सरकार अप्ठेरोमा पर्ने चेतावनी दिएका हुन ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा डा। गोविन्द केसीसँग गरिएका सहमतिविपरीत संसद्मा चिकित्सा शिक्षा विधेयक पारित गरिएकोमा आपत्ति जनाए ।

प्रवक्ता शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न चासो नदिएको, नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको घटना लुकाउन खोजेका कारण आफूहरु आन्दोलनमा उत्रनुपरेको प्रष्टिकरण दिए ।

nema
Show More

Related Articles

Back to top button